Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


राष्ट्रिय सभामा थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस


130
Shares

काठमाडौं । राष्ट्रिय सभामा थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८० पेस भएको छ ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८० सभा समक्ष पेश गर्न अनुमति दिनुभएको थियो ।

अध्यक्ष दाहालको अनुमतिसँगै शुक्रबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८० सभा समक्ष पेश गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक साउन ७ गते सोमबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।