
काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश वडालले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ ।
बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडाललाई शपथ गराउनु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले वडाललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
वडाल यसअघि पनि महान्यायाधिवक्ता बनिसक्नु भएको छ । वडाल प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना महान्यायाधिवक्ता बन्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्