 
	    काठमाडौँ । सङ्घीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बुधबार बिहान ११ बजे समितिको सभा कक्षमा बस्ने सङ्घीय संसद सचिवालयले जनाएको छ ।
महिला समितिमा राज्यको मूल प्रवाहमा मधेशी समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा आयोगले खेल्दै आएको भूमिकाका विषयमा छलफल गरिने सम्भावित कार्यसूची छ ।
यस्तै शिक्षा समितिमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे बस्ने भएको छ । बैठकमा समितिको कार्य प्रभावकारिताका लागि उपसमिति गठनका विषयमा छलफल गरिने जनाइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्