२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


युक्रेनले अझै पाएन नेटोको सदस्यता


988
Shares

काठमाडौं । उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)का सदस्यहरूले युक्रेनलाई संगठनमा आवद्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

अमेरिकामा भएको नेटो सम्मेलनले युक्रेनलाई तत्काल सदस्यता नदिएपनि भविष्यको सदस्यताको लागि अपरिवर्तनीय मार्ग तय गर्दै थप सहायताको वाचा गरेको छ । सैन्य गठबन्धनमा सामेल हुने औपचारिक समयसिमामा भने वाशिंगटन डीसीमा भएको शिखर सम्मेलनमा सहमति भएन ।

सैन्य गठबन्धनका ३२ सदस्य मुलुकहरुले रुस विरुद्धको युक्रेनको युद्धमा अटल समर्थन रहेको बताए । नेटोले युक्रेनको सेनासँग थप ऐेक्यबद्धता जनाउँदै ‘एफ्–सिक्सटिन’ लडाकु विमानसहित अत्याधुनिक वायु रक्षा प्रणाली सहयोग गर्ने निर्णय गरेका छन् ।

नेटोका सदस्य देशहरुले युक्रेनलाई अर्को वर्ष ४३ अर्ब ३० करोड अमेरिकी डलरको सहायता समेत घोषणा गरेका छन् ।