Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


बेलायतमा आज आम निर्वाचन हुँदै


1.4k
Shares

एजेन्सी । बेलायतमा आज आमनिर्वाचन हुँदैछ । यसपल्ट आमनिर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर, चुनाव पूर्व गरिएका सर्वेक्षणहरूले भने लेबर पार्टीले बहुमत ल्याउने आँकलन गरिएको छ ।

कन्जरभेटिभ पार्टीको नेतृत्व ऋषि सुनकले गर्नुभएको छ भने लेबर पार्टीको नेतृत्व कीर स्टर्मरले गरिरहनु भएको छ । लेबर पार्टीका नेता कीर स्टर्मर पूर्व मानव अधिकार वकिल र मुख्य सरकारी वकिल हुनुहुन्छ भने उहाँ मुख्य दावेदारको रुपमा देखिनुभएको छ ।

निर्वाचन पूर्व भएका सर्वेक्षणहरूमा लेबर पार्टीले बहुमत ल्याउने देखिएको छ । यस्तो अवस्थामा कीर स्टर्मर बेलायतको भावी प्रधानमन्त्री बन्ने प्रबल सम्भावना छ । पूर्व नेता जेरेमी कोर्बिनको नेतृत्वमा लेबर पार्टी वामपन्थीतर्फ झुकेको थियो । कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक फेरि एक पटक देशको प्रधानमन्त्री बन्ने दौडमा रहेतापनि उहाँको लागि बाटो निकै कठिन रहेको सर्वेक्षणहरूले देखाएका छन् ।

सन् २०२२ को अक्टोबरमा बेलायतको प्रधानमन्त्री बन्नु भएका भारतीय मूलका ऋषि सुनकमाथि कयौँ वाचा पूरा नगरेको आरोप पनि लाग्दै आएपछि उहाँ दोश्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न कठिन हुन सक्ने आँकलन गरिएको छ । उहाँले भने आफु दोश्रो कार्यकालका लागि पनि प्रधानमन्त्री बन्ने निश्चित भएको दाबी गर्दै आउनु भएको छ । सुनक बेलायतका पहिलो एशियाली र हिन्दू प्रधानमन्त्री हुन् । मतदानमा ४ करोड ६० लाख मतदाताले आआफ्नो मताधिकार प्रयोग गर्नेछन् ।