
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति उम्मेदवारका लागि आफु अडिग रहेको बताउनुभएको छ । डेमोक्रेटिक पार्टीका नेताहरूलाई सम्बोधन गर्दे आफूले राष्ट्रपति पदको उम्मेदवारी कुनै हालतमा नछोड्ने बताउनुभएको हो ।
बाइडेनले राष्ट्रपति उम्मेदवारका लागि आफु अडिग रहेको बताउनुभएको छ । डेमोक्रेटिक पार्टीका नेताहरूलाई सम्बोधन गर्दे आफूले राष्ट्रपति पदको उम्मेदवारी कुनै हालतमा नछोड्ने बताउनुभएको हो ।
उपराष्ट्रपति कमला ह्यारिससँग ह्वाइटहाउसमा क्लोज डुअर लन्चमा सामेल हुँदै उहाँले उम्मेदवारी नछाड्ने र फिर्ता नलिने बताउनुभएको हो । आफ्नो क्याम्पेनमा संलग्न डेमोक्रेटिक नेता तथा कार्यकतालाई फोन गरेर निरन्तर लाग्न आग्रह पनि गर्नुभयो । उहाँले उपराष्ट्रपति ह्यारिसलाई उम्मेदवारी छोड्ने अनुमान गरिँदै आएको थियो । ह्यारिसले पनि राष्ट्रपतिमा बाइडेनलाई आफ्नो समर्थन कायम रहेको दोहार्याउनुभएको थियो ।
अर्का प्रतिद्वन्दी उम्मेदवार डोनाल्ड ट्रम्पसँगको टेलिभिजन डिबेटमा बाइडेनको प्रस्तुति कमजोर देखिएपछि डेमोक्रेटिक पार्टीभित्रै विभिन्न नेताले उहाँले उम्मेदवारी छोड्नुपर्ने माग गर्दै आएका थिए ।
तर, बाइडेनले प्रष्ट रूपमा आफूले उम्मेदवारी नछोड्ने बताउनुभएको छ । उपराष्ट्रपति ह्यारिसले पनि आफू राष्ट्रपतिमा वाइडेनको समर्थनमा रहेको बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्