
काठमाडौं । महिला राजनीतिज्ञहरूको लागि डिजिटल र मिडिया विषयक कार्यशाला सम्पन्न भएको छ ।
मंगलबार काठमाडौंमा मिडिया एड्वोकेसी फोरम (म्याक) र सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको आयोजनामा महिला राजनीतिज्ञहरूको लागि डिजिटल र मिडिया विषयक कार्यशाला सम्पन्न गरेको हो ।
कार्यक्रममा विभिन्न राजनीतिक पार्टीसँग आवद्ध सांसद, नेतृ र पत्रकार महिलाहरुको सहभागिता रहेको थियो ।
सामाजिक सञ्जालको माध्यमबाट विभिन्न किसिमको हिंसा हुने गरेको महिला राजनीतिज्ञहरू बताएको बताए ।
कार्यक्रममा पत्रकारहरु बबिता बस्नेत, नितु पण्डितले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्