
काठमाडौं । एनआईसी एशिया बैंकले मास्टर कार्ड सेवा पनि सुरु गरेको छ ।
भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ बैंकले मास्टर कार्डको वितरण शुभारम्भ गरेको हो ।
डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहकले सजिलै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसमा अत्याधुनिक सुरक्षा प्रविधि (ईएमभी चिप) तथा अत्यधुनिक कन्ट्याक्टलेस प्रविधि समेत प्रयोग गरिएको जनाइएको छ ।
यस कार्डमार्फत ग्राहकले नेपाल, भारत र भुटानबाट एटीएमबाट पैसा निकाल्न तथा ई–कमर्श भुक्तानी लगायतका सुविधा समेत उपभोग गर्न सक्ने पनि बैंकले जनाएको छ । ‘डिजिटल फष्र्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको एनआइसी बैंक र विश्वविख्यात मास्टरकार्डबीचको यो सहकार्यले नेपालको बैंकिङ्ग क्षेत्रलाई थप उचाइमा पु¥याउने बैंकको विश्वास छ ।
कार्ड बैंकिङ्ग सेवा प्रदायकको रुपमा नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित एनआइसी बैंकले हालसम्म भिसा कार्डबाट सेवा प्रदान गरिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्