
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रलाई संस्थागत रुपले विकास गर्न घरेलु प्रतियोगिताहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले खेल क्षेत्रलाई संस्थागत रुपले विकास गर्न आन्तरिक खेलकुद कार्यक्रमहरुको भुमिका उल्लेख्य हुने बताउनुभयो । उहाँले प्रकाश दाहाल युवाहरुको मनमा राम्रोसँग बस्न सफल भएको कार्यक्रमको उपस्थितिबाट प्रमाणित भएको बताउनुभयो । उहाँले चौथो प्रकाश दाहाल मेमोरियल खुला राष्ट्रिय बक्सिङ च्याम्पियनसिपले प्रकाश दाहालका स्मृति मात्रै नभइ योगदानलाई पनि जीवन्त राख्ने महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।
प्रतियोगिता असार २१ गतेसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया दिनुहोस्