Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


राष्ट्रिय सभाको बैठक बस्दै


91
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो १.१५ बजे बस्दैछ ।

बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शिर्षकहरूमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले “नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची रहेको छ ।