१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


फ्लोरेन्स समुद्री आँधीमा परेर ४ जनाको मृत्यु, ६ लाख घरमा विद्युत् सेवा अबरुद्ध


0
Shares

काठमाडौं । अमेरिकाका पूर्वी तटीय क्षेत्रमा आएका फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधीमा परेर कम्तिमा ४ जनाको मृत्यु भएको छ ।

आँधीका कारण त्यहाँका ६ लाख घरमा विद्युत् सेवा अबरुद्ध भएको छ ।

उत्तरी क्यारोलिना, दक्षिणी क्यारोलिना र भर्जिनियाको तटीय इलाकाका झन्डै १७ लाख व्यक्तिलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।

जोखिमयुक्त क्षेत्रका विमानस्थलहरु बन्द गरिएको छ । यसको बाबजुद कयौं मानिस प्रभावित क्षेत्रमै फसेका छन् । फसेकाहरुलाई उद्दारको प्रयास भइरहेको छ ।

प्रतिघण्टा १ सय १० किलोमिटरको रफ्तारमा आएको आँधीसँगै भीषण वर्षासमेत भइरहेको छ ।

आँधीका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको छ । विद्यु्त् आपूर्ति सुचारु गर्न एक हप्तासम्म लाग्ने अनुमान गरिएको छ ।(एजेन्सी)