२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्छ : सभापति देउवा


234
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो ।

सभापति देउवाले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सबै आपसमा एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने बताउनुभयो । उहाँले आदिवासी जनजातिहरु एक भएर देश, पार्टी र आफ्ना हक अधिकारहरु पनि संरक्षण गर्न सकिने बताउनुभयो ।

सभापति देउवाले आदिवासी, जनजातिका मागहरु सम्बोधन गर्न आफू लाग्ने पनि प्रतिवद्धता जनाउनुभयो ।