
काठमाडौं । सुनको मूल्य पुनः उकालो लागेको छ ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै शुक्रबार नेपाली बजारमा सुनको मूल्य एकै पटक तोलामा १९ सयले बढेर १ लाख ४४ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार देखि १ लाख ४२ हजार २ सयमा स्थिर रहेको सुनको भाउ हिजो ६ सयले बढेर १ लाख ४२ हजार ८ सय कायम भएको थियो । शुक्रबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेर १८ सय ६५ मा कारोबार भैरहेको पनि महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंन्स २३ सय ७० डलरको आसापासमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्