काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा वीरेन्द्रभक्त श्रेष्ठको निधन भएको छ ।
शुक्रबार बिहान श्रेष्ठको निधन भएको हो ।
प्रजातान्त्रिक आन्दोलनमा २०१८ सालदेखि सक्रिय श्रेष्ठ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको संस्थापक हुनुहुन्छ ।
पञ्चायत विरोधी ठहर भइ त्रिभुवन विश्वविद्यालय प्राध्यापकबाट डा. रामशरण महत, अर्जुननरसिंह केसीलगायत १८ जनासंगै श्रेष्ठ पनि निष्काशित हुनुभएको थियो । श्रेष्ठ २०३२ सालमा काठमाडौं नगर पञ्चायतको सदस्य बन्नुभएको थियो ।
२०४६ सालको जनआन्दोलनको पर्दापछाडिका महत्वपूर्ण सूत्रधारका रुपमा परिचित श्रेष्ठले २०४९ सालमा समाजकल्याण परिषद्को उपाध्यक्षको जिम्मेदारी समेत निभाउनुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्