१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


काठमाडौं उपत्यकाको तापक्रम आज पनि उच्च नै रहने


5.876k
Shares

काठमाडौं । केही दिनदेखि काठमाडौँ उपत्यकाको तापक्रम बढ्दै गएको छ ।

काठमाडौं उपत्यकाको तापक्रम आज पनि उच्च रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बिच रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ ।

काठमाडौं उपत्यकामा स्थानीय वायुको प्रभावले आज दिउँसो केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना भए पनि तापक्रम उच्च नै रहने विभागका मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । यहाँ मनसुन भित्रन अझै केही दिन लाग्नेछ भने शनिबारदेखि आंशिक बदली हुने जनाइएको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसमसफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।