
नवलपरासी, भदौ २९ । राष्ट्रिय बाल दिवसको अवसरमा पूर्वी नवलपरासीको देवचुली नगरपालिकालाई गन्डकी प्रदेशकै पहिलो बालमैत्री नगर घोषणा गरिएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रबार एक कार्यक्रमकाबीच नगरपालिकालाई बालमैत्री नगर घोषणा गरेका हुन् ।
साविकको प्रगतिनगर गाउँ विकास समिति ‘नेपालकै पहिलो बालमैत्री गाविस’ भएको भएपनि नगरपालिका भएपश्चात् थप १६ ओटा वडालाई समेटी पूरै नगरपालिकालाई नै बालमैत्री घोेषणा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्