 
	    काठमाडौं । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत आज बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा सुशासन प्रवद्र्धन एवं भ्रष्टाचार निवारण सम्बन्धमा राष्ट्रिय शतर्कता केन्द्रबाट भएका कामकारवाहीहरुको बारेमा छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीतिको आवश्यकता, महत्व, कार्यान्वयन अवस्था लगायत विषयहरुका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा लुम्बिनी विकास कोषबाट भएका कामकारवाही, प्रमुख सवाल, समस्या र भावी कार्ययोजना, समितिसँगको अपेक्षाका सम्बन्धमा छलफल हुनेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्