
काठमाडौं । नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले तथ्याङ्कीय कार्यमा संलग्न निकायहरुकाबीच प्रभावकारी समन्वय प्रणाली विकास गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय तथ्याङ्क कार्यालयले आयोजना गरेको ‘तथ्याङ्क प्रणाली विकासका लागि राष्ट्रिय रणनीति उच्चस्तरीय सुझाव सङ्कलन गोष्ठि’ मा बोल्दै मुख्यसचिव अर्यालले यस्तो बताउनुभएको हो । उहाँले तथ्याङ्कीय कार्यमा संघ, प्रदेश र स्थानीय सरकारका बिचमा समन्वय हुन नसकेको बताउनुभयो । उहाँले तथ्याङ्क निकाल्दा शुद्ध रुपमा निकाल्नुपर्ने भन्दै तथ्याङ्क प्रमाणिकरण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय तथ्याङ्क कार्यालयले निकालेको तथ्याङ्क र स्थानीय तहले निकालेको तथ्याङ्क आपसमा नमिलेको भन्दै यसतर्फ सम्बन्धित निकाय सचेत हुनुपर्ने बताउनुभयो ।
त्यस्तै, कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले आगामी दिनमा दिगो विकास लक्ष्यसँग सम्बन्धित तथ्याङ्को उत्पादन गर्नुपर्ने बताउनु भयो । उहाँले दशौँ वर्ष अघिको तथ्याङ्क प्रयोग गरिने गरेको भन्दै तथ्याङ्कलाई वैज्ञानिक र अनुमानयोग्य पनि बनाउन सक्नुपर्ने बताउनुभयो ।
मुख्यसचिव अर्यालले प्रयोग नहुने खालको तथ्याङ्क निकालिरहनु आवश्यक नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्