२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


राष्ट्रिय परेवा उडान प्रतियोगितामा मानन्धरको परेवा प्रथम


1.651k
Shares

काठमाडौं । राष्ट्रिय परेवा उडान प्रतियोगितामा काठमाडौं बाङ्गेमुढाका सुगत मान्धनको परेवा प्रथम भएको छ ।

नेपाल परेवा उडान खेल संघले आयोजना गरेको २५औं परेवा उडान प्रतियोगितामा मानन्धरको परेवाले ३८ घण्टा ३० मिनेट उडरे प्रथम स्थान हासिल गरेको हो ।

त्यस्तै, कालधाराका कविर श्रेष्ठ र ठिमीका बीरेन्द्र श्रेष्ठका परेवा क्रमशः द्वितीय र तृतीय भएका छन् । यस्तै महोत्तरी, बर्दिबासका हरिस भुजु, भक्तपुर बोडेका तुलसी कुमार साहुखलः र आलापोटका सुमन फुयाँलका परेवा क्रमशः चौथो, पाँचांै र छैठांै भए ।

संघले सुपर सिक्स फाइनल प्रतियोगिता अन्तर्गत यो नतिजा सार्वजनिक गरेको हो । प्रतियोगितामा सुगत मानन्धरको परेवा बेष्ट एभरेज ३३ घण्टा ५८ मिनेट र ठिमीका दिनेश श्रेष्ठको परेवा प्रतियोगिताभरिको उत्कृष्ट घोषित भए ।