Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक


0
Shares

काठमाडौं । बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

प्रदेश प्रमुख यादब चन्द्र शर्माले आज प्रदेश सभाको बैठकमा आगामी आर्थिक बर्ष ०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै शर्माले उत्पीडित, उपेक्षित बर्गको संरक्षण गर्न विशेष कार्यक्रम लागू गर्ने बताउनुभयो । यसैगरी नीति तथा कार्यक्रममा खेलकुद पूर्बाधार निर्माण, खेलाडीलाई तालिम र प्रोत्साहन, खेल पर्यटनको बिकास र बिस्तारसंगै बिदेशीलाई आकर्षित गर्ने उल्लेख गरिएको छ ।

यस्तै, बांँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहित गरिने, एकीकृत कृषि खेती, दूग्ध उत्पादन गर्ने कृषकलाई सहज रुपमा अनुदान, कृषि उत्पादनमा लागत घटाउन मसिन उपकरण र औजार प्रयोगमा प्रोत्साहन देखि गाउँ गाउँमा उद्यम घर घरमा रोजगारी जस्ता कार्यक्रम पनि सरकारले घोषणा गरेको छ ।

यसैगगरी, कृषि खेतीमा प्राङ्गगारिक मल उत्पादनमा जोड दिन प्रोत्साहन गर्ने, प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित शहरीकरणकालागि संरचना निर्माण गर्ने, प्रदेशमा लगानी भित्र्याउन लगानी बर्षको तयारी गर्ने, प्रदेशमा नै चालक अनुमतिपत्र छाप्ने ब्यवस्था मिलाइने पनि प्रदेश सरकारको योजना छ ।