३ असार २०८१, सोमबार | Mon Jun 17 2024


आगामी आर्थिक वर्षको बजेट उत्पादनमुलुक क्षेत्रमा प्राथमिकता दिन आवश्यक : अध्यक्ष कुँवर


0
Shares

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले आगामी आर्थिक वर्षको बजेट उत्पादन मुलुक क्षेत्रमा प्राथमिकता दिएर ल्याउनु पर्ने बताउनुभएको छ ।

अध्यक्ष कुँवरले सरकारले जेठ १५ गते संसदमा प्रस्तुत गर्ने बजेट उत्पादन मुलक क्षेत्रमा प्राथमिकता भएर ल्याउनुपर्ने बताउनुभएको हो ।

अध्यक्ष कुँवरले उत्पादन, रोजगारी मुलुक उद्योगमा समेत बजेट केन्द्रित बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले संयुक्त ट्रेड युनियनको तर्फबाट भन्दा रोजगारी मुलुक क्षेत्रमा बजेटको प्राथमिकता हुनुपर्ने माग रहेको बताउनुभयो । उहाँले मुलुकमा सामाजिक सुरक्षामा दायित्व बढदै गएको भन्दै त्यसले दिगो विकासमा प्रश्नचिन्ह खडा भएको बताउनुभयो ।

अध्यक्ष कुँवरले वृद्धहरुको आयु बढ्दै जाने र सरकारले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गर्दै लैजाँदा सरकारलाई हेरक वर्ष दायित्व बढ्दै गएको बताउनुभयो । उहाँले सामाजिक सुरक्षामा योगदानमा आधारित सामाजिक सुरक्षालाई विकल्प बनाउने गरी बजेट आउनुपर्ने बताउनुभयो । उहाँले सबै क्षेत्रलाई सामाजिक सुरक्षामा समेट्ने गरी बजेट ल्याउनुपर्ने बताउनुभयो ।

अध्यक्ष कुँवरले योगदानमा आधारित सामाजिक सुरक्षालाई प्रभावकारी रुपमा लागू गरी श्रम बजारलाई द्वन्द्व रहित बनाउने बजेट ल्याउन सुझाव दिनुभयो । उहाँले त्यस्तो बजेट आएमा उत्पादनमुलक हुने संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको मान्यता रहेको बताउनुभयो । अध्यक्ष कुँवरले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने बजेट ल्याउनसके मुलुकको श्रम बजार मर्यादित हुने बताउनुभयो ।