५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


शीर्ष नेताहरुको बैठक आज पनि बस्दै


377
Shares

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिनाबारे छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन आज शीर्ष नेताहरुको बैठक बस्दैछ । आइतबार बस्ने भनिएको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको बैठकबाटै समितिको कार्यादेश टुंग्याउने प्रयास भइरहेको छ । यो विषय टुंग्याउन गठन गरिएको कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरुलाई नैं जिम्मा दिइएको हो ।

यसअघि शनिबार बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको थियो । तर काँग्रेसले रकम अपचलनमा संलग्न भनिएका व्यक्तिको नामै किटान गर्नुपर्ने अडान राखेपछि सहमति जुट्न नसकेको हो ।

काँग्रेसले गोरखा मिडिया नेटवर्कमा लगानी गर्ने सहकारीको नाम तोक्ने तथा नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै संसदीय छानबिन समिति बनाउनुपर्ने उसको अडान यथावतै छ ।