
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहायक प्रशिक्षकको जिम्मेवारी घिमिरेलाई र गोलकिपर प्रशिक्षकको जिम्मेवारी मनिष तिमल्सिनालाई दिएको हो ।
यसअघि सहायक प्रशिक्षक रहेका प्रवेश कटुवाल र गोलकिपर प्रशिक्षक रहेका विनोद डंगोलको स्थानमा उनीहरुलाई नियुक्त गरिएको हो ।
नेपाली टिमले फिफा विश्वकप छनोट–२०२६ अन्तर्गत दोस्रो चरणमा जुन ६ मा युनाइटेड अरब इमिरेट्स (यूएई) र जुन ११ मा यमन विरुद्ध खेल्ने तालिका छ । यी दुवै खेल साउदी अरेबियामा हुनेछन् । यसअघि यूएर्इ विरुद्धको खेल नेपालमा हुने तालिका रहे पनि एसियन फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशाला उपयुक्त नरहेको बताएपछि खेल तटस्थ भूमिमा सरेको हो ।
छनोटको समूह ‘एच’ मा रहेको नेपालले हालसम्म चार खेल खेले पनि अंकको खाता खोल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्