Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ पर्दा प्रेस स्वतन्त्रता खोसिँदैन : अध्यक्ष ओली


2.6k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्दा सञ्चारको हक नखोसिने बताउनु भएको छ ।

समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नका लागि सिरोहियालाई पक्राउ गरेको उहाँको जिकीर थियो ।

गृह जिल्ला झापामा सडक उद्घाट्नका क्रममा ओलीले कोही मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा कराउन नपर्ने, हल्लिन नपर्ने तर एक जना मिडिया हाउसका मान्छे पक्राउ पर्दा यत्रो हल्लाखल्ला गर्नुपर्ने भन्ने प्रश्न पनि गर्नुभयो ।

सिरोहियालाई पक्राउ गर्ने समय ठीक भयो कि भएन भन्ने विषयमा भने कुनै टिप्पणी नगर्ने बताउनुभयो ।