२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयन गर्नेगरी क्रमिक सुधार गर्ने कार्यक्रम आयो : डा.वाग्ले


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लले नीति तथा कार्यक्रमले बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयनमा जाने गरी क्रमिक सुधारहरुका बीउहरु रोपेको बताउनुभएको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले विगतमा कार्यक्रममा ठूला कुरा गर्ने बजेटमा तादात्मयता नहुने र कार्यान्वयनमा जाँदै नजाने कर्मकाण्डमा सिमित हुने कुरालाई ब्रेक गरेको बताउनुभयो । उहाँले कार्यक्रमले ठूला कुरा नगरौं र क्रमिक सुधारहरु (इङक्रिमेन्टल रिर्फम) हरु हरेक मन्त्रालयमा गरेर हेरौं भन्ने बीउ सबै मन्त्रालयमा राखेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम बजेटमा सम्बोधन हुने देखिएकाले कार्यान्वयनमा जाने सम्भावना रहेको बताउनुभयो । वाग्लले विगत ३२ वर्षमा सबैभन्दा बढी शासन गरेको पार्टीले नीति तथा कार्यक्रम पुरानै शैली भन्नु भनेको आफ्नो कमजोरीको स्वीकारोक्ति रहेको बताउनुभयो ।

उहाँले अर्थतन्त्र सुधार गर्ने जग बसालेकाले नीति तथा कार्यक्रममा टेकेर बजेट आउने विश्वास व्यक्त गर्नुभयो ।