Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


अनेरास्ववियूले आफ्नो ६०औं स्थापना दिवस सप्ताहव्यापी मनाउने


2.7k
Shares

काठमाडौं । विभिन्न रचनात्मक कार्यक्रमसहित अनेरास्ववियूले आफ्नो ६०औं स्थापना दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको छ ।

अनेरास्ववियूले स्थापना दिवसका अवसरमा जेठ १-७ गतेसम्म उपत्यकाको विभिन्न क्याम्पसमा फरक फरक कार्यक्रम गरेर मनाउन लागेको हो ।

जेठ १ गते काठमाडौंको जगडोलमा एक हजार वटा बिरुवा रोपेर वृक्षारोपण गरी सोही ठाउँमा अखिल पार्क निर्माण गरिने भएको हो ।

त्यस्तै जेठ २ गते भेलोसिटी क्रिकेट मैदानमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, जेठ ३ गते कोटेश्वर बहुमुखी क्याम्पसमा रक्तदान, सोही दिन काठमाडौंको सेन्ट लरेन्स कलेजमा शैक्षिक बहस गर्ने, जेठे ४ गते सरस्वती बहमुखी क्याम्पसमा अन्तर कलेज व्याडमिन्टन, जेठ ५ गते बालाजु ईन्जिनियरिङ कलेजमा मैत्रीपूर्ण भलिवल प्रतियोगिता गर्न लागिएको हो ।

यसैगरी जेठ ६ गते रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा अन्तरकलेज फुटसल प्रतियोगिता गर्ने र जेठ ७ गते शंकरदेव क्याम्पसमा विद्यार्थी दिवसका अवसरमा गरिएको सम्पूर्ण प्रतियोगितामा सहभागी, विजेता सम्पूर्णलाई सम्मान, विगतदेखि वर्तमानसम्मका अनेरास्ववियूका हरेक गतिविधिहरुलाई समेटेर फोटो प्रदर्शन, विभिन्न जातजाति, भाषा समेतिटका झाँकी, विद्यार्थीलाई सम्मानसहित सांस्कृतिक कार्यक्रम गरी स्थापना दिवस कार्यक्रम सम्पन्न गर्ने अनेरास्ववियूका महासचिव महेश श्रेष्ठले जानकारी दिनुभयो ।