
काठमाडौं । ललितपुर मेयर्सकप टी–ट्वेन्टी महिला क्रिकेट आयोजक ललितपुर मेयर्स–११ ले विजयी सुरुवात गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा ललितपुरले बागमती प्रदेशलाई सात विकेटले हराएको हो ।
बागमतीले दिएको ५३ रनको लक्ष्य ललितपुरले १३ ओभर १ बलमा तीन विकेट गुमाउँदै पूरा ग¥यो । बागमतीका लागि खुशी डंगोलले एक विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको बागमतीले १४ ओभर २ बलमा सबै विकेट गुमाउँदै ५२ रनको योगफल तयार पारेको थियो । बलिङतर्फ ललितपुरकी किर्तिका मरासिनीले चार विकेट लिइन् । यसैगरी सरस्वतीकुमारी चौधरीले तीन र पूजा महतोले दुई विकेट हात पारे ।
जितसंगै ललितपुरले २ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्