
काठमाडौं । अन्तर्राष्ट्रिय आमन्त्रित बास्केटबल प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली राष्ट्रिय ‘थ्री एक्स थ्री’ बास्केटबल टिम सम्मानित भएको छ ।
नेपाल बास्केटबल संघले बिहीबार स्वर्ण विजेता टोलीका सदस्यलाई जनही ३० हजार रुपैयाँले सम्मान गरेको हो ।
नेपालले गत सोमवार चीनको युनान प्रान्तको खेलकुद ब्युरोले आयोजना गरेको युनान प्रान्त बोर्डर ह्याप्पिनेस भिलेज स्पोटर््स कार्निभलमा स्वर्ण पदक जितेको थियो ।
नेपाली बास्केटबल टोलीले प्राप्त गरेको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो । सो प्रतियोगितामा नेपालसहित विभिन्न ७ देश र चीनका विभिन्न प्रान्त तथा विश्वविद्यालय गरी ३९ टोलीले प्रतिष्पर्धा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्