१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


गर्मीसँग संघर्ष गर्दै म्यानमारवासी


1.287k
Shares

एजेन्सी । अत्याधिक गर्मीका कारण म्यानमारका नागरिकको जनजीवन प्रभावित बनेको छ । देशका विभिन्न क्षेत्रहरुमा अत्यधिक तापक्रमको रेकर्ड गरिएको छ ।

ईआई डोराडो मौसम प्रतिवेदनका अनुसार म्याग्वे क्षेत्रको चोकशसहर केही दिनदेखि विश्वको सबैभन्दा गर्मी हुने शहरको सूचीमा परेको छ । अप्रिल २८ मा, चोकमा विगत ५६ वर्षको सबैभन्दा अप्रिल तापक्रम ४८.२ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो ।

मण्डले क्षेत्रको न्याउङ–युमा विगत ५९ वर्षमा सबैभन्दा उच्च तापक्रम रेकर्ड गरिएको थियो । देशका धेरै क्षेत्रहरूमा हालैका दिनहरूमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम पनि बढेको छ ।