
काठमाडौं । यही बैशाख १९ गतेदेखि जयकुमारनाथ शाह मेमोरियल यु–१६ ट्वान्टी–२० अन्तर स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ ।
काठमाडौं जिल्ला क्रिकट संघको आयोजनामा हुने प्रतियोगिताको सवै तयारी पुरा भएको जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमा दिइएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष शाहको नाममा प्रतियोगिता हुन लागेको हो । आयोजक संघका अध्यक्ष दिवाकर घलेले ग्रास रुटदेखि नै क्रिकेटको विकास गर्ने उद्देश्य अनुरूप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो ।
बैशाख ३० सम्म चल्ने प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । लिग र नकआउट आधारमा हुने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको विजेता टीमले एक लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोकृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट ब्याटर, बलर र उदीयमान खेलाडीलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने छ ।
प्रतिक्रिया दिनुहोस्