 
	    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई नयाँ नभई बलियो राजनीतिक शक्ति आवश्यकता रहेको बताउनुभएको छ ।
महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै नयाँ र पुरानो राजनीतिक पार्टीहरुको बहसले मुलुकमा राजनीतिक अस्थिरतालाई नै मलजल गरिरहेको जिकिर समेत गर्नुभयो ।
पार्टीको ललितपुर जिल्ला कमिटीले शुक्रवार गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकमा नयाँ नयाँ प्रयोग नभई बलियो राजनीतिक शक्तिको निर्माण गर्नु राष्ट्रिय आवश्यकता भएको तर्क समेत गर्नुभयो ।
महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्न पनि बलिया राजनीतिक शक्तिहरुको विकल्प नभएको दोहो¥याउनुभयो । उहाँले अमेरिका, चीन, भारत, बेलायत लगायतका देशहरुको दृष्टान्त पेश गर्दै विकास र समृद्धिको प्रश्न अगाडि आउँदा बलिया राजनीतिक दलहरुको मात्रै त्यसलाई नेतृत्व गर्न सकेको बताउनुभयो । मुलुकको विकास र समृद्धिको आधारशिला बलिया र ठूला राजनीतिक दलहरुबाट मात्रै सम्भव रहेको महासचिव पोखरेलको भनाई थियो ।
महासचिव पोखरेलले मुलुकलाई सही ढंगले नेतृत्व दिन सक्ने पार्टी एमालेमात्रै भएको दाबी पनि गर्नुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्