
काठमाडौं । सुनको मूल्य आकासिने क्रम शुक्रबार पनि थामिएन ।
सुनको मूल्य एकै पटक तोलामा २६ सयले बढेर १ लाख ४० हजार नजिक पुगेको छ ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै नेपाली बजारमा शुक्रबार छापावाल सुनको भाउले तोलाको १ लाख ३९ हजारको उचाइ कायम गरेको हो ।
बिहीबार २ सयले घटेर १ लाख ३६ हजार ६ सय कायम भएको थियो । शुक्रबार चाँदीको मूल्य पनि तोलामा एकै पटक ५० रुपैयाँले बढेर १७ सय ५० कामय भएको पनि सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंन्स २४ सय १४ डलर हाराहारीमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्