काठमाडौं । नेपाल प्रहरीले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्नका लागि विशेष सुरक्षा योजना तयार पारेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताउनुभयो ।
ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउनका लागि अपराध हुनसक्ने सम्भावित क्षेत्रको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी यी क्षेत्रलाई चलायमान बनाउने उहाँको भनाई छ । दरबारमार्ग र ठमेल क्षेत्र यही नयाँ बर्षको बैशाख देखि २४ सै घण्टा खुल्ला हुने भएको छ ।
सरकारको यो निर्णयले ब्यवसायीहरु उत्साहित भएका छन् । ती क्षेत्रहरु २४ अै घण्टा खुला गर्ने निर्णय गरेपछी सुरक्षा चुनौतीमाथि नै प्रश्न उठेको थियो ।








प्रतिक्रिया दिनुहोस्