१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


प्रदेशमा विधमान सता समिकरण अनुसार सरकार निर्माणमा कुनै कानूनी बाधा छैन : शंकर पोखरेल


260
Shares

सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेशहरुमा विधमान सता समिकरण अनुसार सरकार निर्माण हुने कुरामा कुनै कानूनी बाधा नरहेको बताउनुभएको छ ।

महासचिव पोखरेलले बुधबार सिन्धुली जिल्लामा पत्रकार भेटघाटका क्रममा विधमान अवस्थामा देश संकटकै अवस्थामा रहेकाले विकास र सुशानसनका माध्यमद्धारा देशलाई सम्बृद्धि तर्फ अगाडि बढाईने र मिसन ८४ को लक्ष्य पुरा गरिने बताउनुभयो ।

महासचिव पोखरेल नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्न सिन्धुली पुग्नु भएको थियो ।