
काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्डको क्रिकेट टोली र नेपाल ‘ए’ बिच आज दोस्रो एकदिवसीय खेल हुँदैछ ।
पहिलो खेल हारेको नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । उता आयरल्याण्ड ‘ए’ पनि आजको खेल जित्दै तिन खेलको श्रृंखला हत्याउन चाहन्छ ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साँढे ९ बजेदेखि सुरु हुदैछ ।
पहिलो एकदिवसीय खेलमा नेपाललाई आयरल्यान्डले २१ रनले हराएको थियो । त्यसअघि आयरल्यान्डले नेपाल ‘ए’ सँगको टि–ट्वेन्टी शृंखला २–१ ले जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्