२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024


गुणस्तरहीन खाद्यवस्तु उत्पादक–विक्रेतालाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता


0
Shares

काठमाडौं, भदौ २८ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले जनस्वास्थ्यमा असर पार्ने विभिन्न गुणस्तरहीन खाद्यवस्तु उत्पादक तथा विक्रेतालाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चको १३औं स्थापना दिवसको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री खनालले खाद्य अधिकार स्थापित गर्न सरकार गम्भीर रहेको बताए ।

त्यसका लागि कार्यान्वयन गर्ने निकाय पनि बलियो र इमान्दार हुनुपर्ने उनले उल्लेख गरे ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले संगठन सुरु गर्दा ‘तीन महिना टिक्दैन’ भनी व्यक्त भएका धारणाविपरीत १३ वर्षको अवधिसम्म निरन्तर उपभोक्ता हितमा आवाज उठाउँदै आएको बताए ।

यस्तै, सांसद रामवीर मानन्धरले उपभोक्ता आफैं सचेत हुनुपर्ने भन्दै प्रधानमन्त्रीले पनि आफू उपभोक्ता पनि रहेको सम्झनुपर्ने बताए ।

कार्यक्रममा उपभोक्ता अधिकार स्थापित गर्न क्रियाशील विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।