
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालय राजनीतिक भर्ती केन्द्र बनेको भन्दै अहिले सुधार गरिरहेको बताउनुभएको छ ।
शनिबार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।
मन्त्री श्रेष्ठले खेलको बारेमा जानकारी नभएको व्यक्तिलाई विभिन्न निकायहरुमा नियुक्ति भएको अवस्थालाई सुधार गरी कारबाही अघि बढाएको बताउनुभयो । उहाँले खेलाडीहरुलाई पछाडि पार्ने र नियुक्ति गरिएका व्यक्तिलाई बढी पारिश्रमीक दिनेगरी अघि बढिरहेको अवस्थालाई रोकोर आफूले अहिले खेलाडीहरुलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले सरकारी जग्गाहरु हडपेर निजी स्वार्थका लागि आर्थिक उपर्जन गर्ने काममा लागेको पाइएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय जगत नेपालको खेल जगतमा काम गर्न तयार रहेको भएपनि नेपालका नीतिहरु र पहिलाका विकृतिहरुले आउन असहजता देखाइरहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले नेपालको खेल जगतमा काम गर्न आउनका लागि अन्तर्राष्ट्रिय जगतलाई उचित वातावरण बनाउने काम भइरहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्