१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


सुनको मूल्य हालसम्मकै उच्च


3.783k
Shares

काठमाडौं । विश्व बजारमा सुनको मूल्य पुनः आकाशिंदै गएको छ ।

योसंगै नेपाली बजारमा पनि सुनको भाउले दैनिक उचाइको नयाँ रेकर्ड कायम गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै नेपाली बजारमा छापावाल सुनको मूल्य शुक्रबार एकै दिन तोलामा २१ सयले बढेर हालसम्मकै उच्च १ लाख ३० हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार पनि तोलामा ११ सयले बढेर १ लाख २७ हजार ९ सयको रेकर्ड कायम भएको थियो । शुक्रबार चाँदी भाउ पनि पनि तोलामा १५ रुपैयाँले बढेर १५ सय २५ मा कारोबार भैरहेको महासंघले जनाएको छ । यतिखेर अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंन्स २२ सय ३८ डलर आसपासमा कारोबा भैरहेको छ । विश्वमा बढ्दो द्वन्द, आर्थिक मन्दी र बैंकहरुको घट्दो ब्याजदर कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार उकालो लाग्दै गएको विश्लेषण गरिएको छ ।