२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


दुई वटा संसदीय समितिको बैठक बस्दै


247
Shares

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।

आज बस्ने सुशासन समितिको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई बोलाइएको छ । बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । गृहमन्त्री लामिछानेले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिनुहुनेछ ।

त्यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।