१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


दोस्रो टी–२० खेलमा आज नेपाल आयरल्याण्ड ‘ए’सँग खेल्दै


1.508k
Shares

काठमाडौं । नेपाल र आयरल्याण्ड ‘ए’ बिचको दोस्रो टी–२० क्रिकेट खेल आज हुँदैछ । खेल आज दिउँसो १ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपाल भ्रमणमा आएको आयरल्याण्डको ‘ए’ टिमले हिजोदेखि नेपालको सिनियर टोलीसँग टी–२० श्रृंखला खेलिरहेको छ ।

पहिलो खेलमा सोमबार नेपाल ६ विकेटले विजयी भएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आयरल्याण्डले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो ।

नेपालका कुशल भुर्तेलले ३७, सन्दीप जोराले ३६, दीपेन्द्रसिंह ऐरीले २० तथा आसिफ शेखले १६ रन जोडेका थिए । आयरल्याण्डका लागि ग्यारेथ डीलेनीले २ तथा बेन ह्वाइट र थोमस माएसले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १२१ रन बनाएको थियो ।