Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकार लाइन विकास गर्ने समझदारी


0
Shares

काठमाडौं, भदौ २८ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म केबलकार लाइन विकास गर्ने समझदारी भएको छ ।

लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालिबीच बुधबार वीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म केबलकार लाइन विकास तथा सन्चालनका लागि समझदारी भएको हो ।

समझदारीपत्रमा बोर्डका  तर्फबाट प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष अरुणकुमार सुवेदीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले विकास गर्ने केबलकार प्रणालीमा करिब ८४ किलोमिटर लामो केबलकार लाइन निर्माण हुनेछ । उक्त लाइनमा ६ ओटा स्टेसनहरु रहने जनाइएको छ ।

आयोजनको लागत ३५ करोड अमेरिकी डलर अनुमान गरिएको छ ।

कम्पनीले १८ महिनाभित्र विस्तृत् परियोजना प्रतिवेदन तयार गरी बोर्डसमक्ष पेस गर्ने जनाइएको छ ।