Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु


2.6k
Shares

काठमाडौं । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्ने भएको छ ।

चैत्र ८ गते बसेको मन्त्रिपरिरिषद् बैठकले सो विधेयकलाई संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयको प्रश्तावमा सो विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रीपरिषद बैठकले गरेको नेपाल सरकारका प्रवक्ता समेत रहनुभएकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । त्यसैगरी मन्त्रीपरिषद् बैठकले एकीकृत कानूनी सहायता सम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमती दिने निर्णय पनि गरेको छ ।

खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धि नियमावली, २०८० स्वीकृत गर्ने भन्ने निर्णय पनि गरिएको छ । मन्त्रिपरिषद्को विधेयक समितिबाट आएको निर्णयलाई स्वीकृति प्रदान गरिएको पनि मन्त्री शर्माले बताउनुभयो । सरकारले २०८१ साल वैशाख १७ गतेदेखि २३ गतेसम्म भूटानको राजधानी थिम्पुमा आयोजना हुने ईसिमोडको बोर्ड अफ गभर्नरको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले बृहत शान्तिधाम नेपालले वार्षिक रुपमा बुझाउँदै आएको सहुलियत दस्तुरवापतको राजश्व मिनाहा पनि गरेको छ ।