 
	    काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले आयातलाई प्रतिष्थापन गरी मुलुकमा रहेको कच्चा पदार्थलाई प्रयोग गरेर उद्योग सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सभापति खानले यस्तो बताउनुभएको हो ।
सभापति खानले उद्योगहरुलाई कसरी नाफामुलक बनाउने भन्नेबारे विभिन्न कोणबाट छलफल गर्न जरुरी रहेको बताउनुभयो । सभापति खानले उद्योगको समय सापेक्ष क्षमता वृद्धि गर्न र वर्तमान बजारसँग हामीले प्रतिष्पर्धा गर्नसक्ने बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले मुख्य समस्या पहिचान गरी सुधारका कार्यक्रम अघि बढाउन जरुरी रहेको बताउनुभयो ।
सभापति खानले नेपालमै रोजगारी दिनसक्ने गरी उद्योग सञ्चँलन गर्नुपर्नेमा जोड दिनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्