
काठमाडौं । सुनको मूल्यमा फेरि नयाँ रेर्कड कायम भएको छ ।
बिहीबार एकै पटक तोलामा २६ सय रुपैयाँ बढेर सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख २५ हजार २०० रहेको सुनको मुल्य आज १ लाख २७ हजार ८ सयमा कारोबार भईरहेको हो । तेजाबी सुनको मूल्य पनि सोही दरमा बढेको छ । यसैगरि आज चाँदीको मूल्य पनि वृद्धि भएको छ ।
बुधबार तोलाको १५ सय २० मा कारोबार भएको चाँदी बिहीबार ३५ रुपैयाँ बढेर प्रतितोला १५ सय ५५ मा कारोबार भईरहेको पनि महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्