२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सरकारले गरिबी घटाउँछ : अध्यक्ष ओली


182
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिवी घटाउने गरी काम गर्ने बताउनुभएको छ ।

अघिल्लो सरकारले गरिवी ३ प्रतिशतले बढाएको उल्लेख गर्दै उहाँले त्यसलाई घटाउँदै लगेर शुन्यमा झार्ने सरकारको योजना हुने पनि बताउनुभयो ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गरिवीलाई शुन्यमा झार्ने गरी काम नगर्ने हो भने आफ्नो पार्टी सरकारमा हुनुको कुनै अर्थ नहुने पनि बताउनुभयो । उहाँले चीनले गरिवी शुन्यमा झारेको दृष्टान्त पेश गर्दै आफूहरुले पनि त्यसै अनुसार काम गर्ने बताउनुभयो ।

विगतमा एमाले नेतृत्वको सरकारले जनताले जीवनमा परिवर्तन ल्याउने गरी सडक बालबालिकाका व्यवस्थापन गरेको, असहाय, अशक्तहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याएको तर आफूहरु सरकारबाट हटेपछि त्यो कामले निरन्तरता पाउन नसकेको ओलीले जिकिर गर्नुभयो । उहाँले जनताको दुःख,कष्ट हरण गरेर जाने काम विगतमा पनि एमालेले गरेको र त्यसैलाई निरन्तरता दिनेगरी आगामी दिनमा पनि काम गर्ने बताउनुभयो । अध्यक्ष ओलीले एमालेले विगतमा जनताको पक्षमा काम गरेकाले उनीहरुलाई साथमा लिएर अघि बढन पनि पार्र्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

ओलीले एमालेमाथि विपक्षहरुले लगाउने गरेको आरोपको प्रतिवाद गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।