१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


म्यान्चेस्टर युनाइटेड र चेल्सी सेमिफाइनलमा


728
Shares

काठमाडौं । लिभरपुललाई अतिरिक्त समयमा हराउँदै म्यान्चेस्टर युाइटेड एफ.ए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाइटेड ४–३ ले विजयी भएको हो । खेलको निर्धारित ९० मिनेटमा दुबै टोलीबाट २–२ गोल भयो ।

म्यान्चेस्टर युनाइटेडका स्कट म्याक्टोमेनी र एन्डर्सनले एक एक गोल गर्दा लिभरपुलका म्याक अलिष्टर र मोहोमद सालाहले दुई गोल गरे ।

अतिरिक्त समयमा लिभरपुलका हार्भे इलियटले गोल गर्दै टोलीलाई फेरी अग्रता दिए । मार्कस रास्फोर्डले एक गोल थप्दै खेललाई ३–३ गोलको बराबरीमा पु¥याए ।

अतिरिक्त समयको पनि इन्जुरी टाइममा अमाद दियालोले निर्णायक गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई ४–३ ले विजयी गराए । जितसँगै म्यान्चेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश गर्दा लिभरपुलको एकै वर्ष चारवटा उपाधि जित्ने संभावना समाप्त भयो ।