Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


माओवादीको विधान सुझाव परिमार्जनसहित पारित


468
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रुप दिएको छ ।
शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानलाई अन्तिम रुप दिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा विधानलाई व्यापक, वृहंगम रुपमा समृद्ध बनाइ अन्तिम रुप दिएको बताउनु भयो । उहाँले छलफलबाट विधान परिपूर्ण र समृद्ध भएको बताउनु भयो ।

प्रवक्ता सापकोटाले भन्नुभयो, ‘दुई वटा एजेण्डा मात्रै थिए । एउटा विधान सम्बन्धी नै हो । मुलभुत रुपमा विधान अधिवेशनले पास गरेको मुल स्पिरिट त पहिल्यै पास भएको छँदै थियो, अहिले हामीले व्यापक, वृहंगम रुपमा त्यसलाई समृद्ध बनाउन, सम्पादन गर्नका लागि छलफल ग¥यौँ, छलफलले परिपूर्ण र समृद्ध भएको छ । आज त्यो फाइनल भएको छ । राष्ट्रिय सभामा हाम्रो पार्टीको तर्फबाट अध्यक्षमा निर्वाचित नारायण दाहालले राजीनामा दिनुभएको थियो, त्यो स्वीकृत गरेका छौँ ।’

प्रवक्ता सापकोटाले बैठकले राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित नारायण दाहालले पार्टी सदस्यताबाट दिनुभएको राजीनामा स्वीकृत गरेको पनि बताउनु भयो ।