Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


रुसी सैनिक विमान दुर्घटनामा १५को मृत्यु


2.6k
Shares

एजेन्सी । रुसमा सैनिक कार्गो विमान दुर्घटना हुँदा विमानमा रहेका १५ जनाको मृत्यु भएको छ ।

रुसको राजधानी मस्कोबाट झण्डै २ सय ५० किलोमिटर पूर्वमा रहेको इभानोभो क्षेत्रमा विमान दुर्घटना भएको थियो ।

विमानको एउटा इन्जिनमा आगो लागेका कारण टेक अफ गर्न खोजिएको समयमा विमान दुर्घटनामा परेको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ । विमानमा आठ जना चालक दलका सदस्यसहित ७ जना गरी १५ जना सवार रहेकोमा सवैको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो ।