१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल र हङकङबीचको खेल वर्षाका कारण स्थगित


0
Shares

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपाल र हङकङबीचको खेल वर्षाका कारण स्थगित भएको छ ।

नेपालले टस जितेर बलिङ रोजेसंगै हङकङ ब्याटिङमा उत्रिएको थियो । यसको केही समयमै खेल स्थगित भएको हो । सिरिज बुधबारसम्म चल्नेछ ।

सिरिजमा नेपाल, आयोजक हङकङ र पीएनजी सहभागी हुँदैछन् । नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकप तयारीका लागि टी–२० सिरिज खेल्न लागेको हो ।