 
	    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले संसदमा प्रश्तुत आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकताका विषयमा नयाँ सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग छलफल गर्ने भएको छ ।
शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले सरकारमा सहभागी अन्य दलहरुसँग छलफल गरेर मात्रै सो आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल अघि बढाउने निर्णय गरेको हो ।
नेपाली कांग्रेस नेतृत्वको यस अघिको गठबन्धन सरकारको तर्फबाट गत फागुन १४ गते बसेको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतबारे पेस गरिएको थियो । सो बजेटबारे संसदमा छलफल गर्नुअघि नयाँ सत्तारुढ दलहरुसँग छलफल गरेर अघि बढ्ने निर्णय गरिएको पार्टीका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो । त्यसैगरी बैठकले सरकारले विश्वासको मत लिने दिन अनिवार्य रुपमा प्रतिनिधिसभा बैठकमा उपस्थित हुनका लागि ह्वीप जारी गरेको छ ।
त्यसैगरी राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचनमा पनि सांसदहरुलाई अनिवार्य उपस्थिति भई आफ्नो पक्षमा मतदान गर्न पनि निर्देशन दिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक पाण्डेले बताउनुभयो । राष्ट्रियसभाको अध्यक्षको निर्वाचन यही फागुन २९ गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत फागुन ३० गते लिने तयारी छ । त्यसैगरी बैठकले कार्यतालिका अनुसार नै संघीय संसदको बैठक अघि बढाउने विषयमा पनि आफ्नो पार्टीले जोड दिने निर्णय गरेको छ ।
माओवादी केन्द्रले पार्टीका तर्फबाट राष्ट्रिय सभाबाट विदाई भएका सांसदहरुले खेलेका भुमिकाप्रति आभार व्यक्त गर्दै धन्यवाद समेत व्यक्त गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्